२२ भाद्र २०८२, आईतवार
Follow Us

अमेरिकन दूतावासको प्रत्यक्ष निग्रानीमा नक्कली भुटानी शरणार्थी प्रकरण

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०८०, सोमबार ११:१०

लण्डन । गत फेब्रोअरी अन्तिम साता सीआईए प्रमुख विलियम जे बन्सर्सले नेपालको भ्रमण गर्न चाहेका थिए । उनको भ्रमणलाई समय उपयुक्त छैन् भन्दै नेपालले रोकी दियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका वरिष्ठ कर्मचारीलगायत मन्त्रिपरिषद्का केही वरिष्ठ सहकर्मीसँग अनौपचारिक परामर्श गरेपछि उनलाई रोक्ने निर्णय भएको थियो ।

उनको रह्यमय भ्रमण किन रोकियो भन्ने विषय अझै खुलेको छैन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु देउवाले एक टेलिभिजनमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तराष्ट्रिय चासो र दवाव रहेको स्वीकार गरेकी छन् । उनले सो प्रकरण गम्भीर क्राइम भएको बताउँदै त्यसको लागि छानविनको लागि एफबीआई लगायतका अन्तराष्ट्रिय संस्था सक्रिय रहेको बताइन् ।

नेपाल प्रहरीका एक उच्च अधिकारीले समेत अन्तराष्ट्रिय दवावकै कारणले सो प्रकरणमा मुछिएका ठूला नेताहरु पक्राउ पर्न सफल भएको बताए । उनले भने प्रहरीले ससानो कुटपिट मुद्दामा समेत आफै निर्णय गर्न सक्दैन्थ्यो । राजनीतिक नेतृत्वको अगाडि प्रहरी मनोबल निकै कमजोर भएको बेला यति ठूलो मुद्दामा प्रहरीले देखाएको साहास निकै प्रसंशनीय छ ।

स्रोतका अनुसार काठमाण्डौंस्थित अमेरिकी दूतावासको दवावमै परेर शीर्ष नेताहरु प्रहरीलाई दवाव दिनबाट पछि हटेका थिए । सो प्रकरण शुरु भएयता प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटरमा पटक पटक बैठक भएका छन् । उनीहरुलाई अमेरिकी दूतावासले स्वतन्त्र रुपमा छानविन गरेर देषीमाथि कार्यवाही अघि नबढाए अमेरिका आफैले छानविनको प्रकृया अघि बढाउने भन्दै दवाव दिएको थियो ।

यसैबीच पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठबाट पक्राउ परेका थिए। उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो।

आइतबार साँझ पक्राउपछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लैजान लागिएको हो।

धेरै पढिएको