२४ बैशाख २०८३, बिहीबार
Follow Us

गण्डकी सरकारलाई भाटभटेनीद्वारा २५ लाख सहयोग

nepalbritain news
२७ चैत्र २०७६, बिहीबार ०८:४५

कास्की । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस, (कोभिड—१९) को रोकथाम, व्यवस्थापन तथा उपचार कोषमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सले रु २५ लाख सहयोग गरेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पोखरा–९ न्यूरोडमा अवस्थित सो सुपरमार्केटको यहाँस्थित शाखा प्रवन्धक चक्र लालचनले बुधबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले विपद्को सामना गर्नका लागि सरकारले खडा गरेको कोषमा रकम जम्मा गरेकामा सो स्टोर्स परिवारप्रति आभार व्यक्त गर्दै अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत रकम जम्मा गरेर सहयोगका लागि आग्रह गरे।

भाटभटेनीले देशका अन्य प्रदेश सरकारलाई समेत सहयोग गर्ने भएको छ । सरकारले सो भाइरसको जोखिम न्यूनीकरण , उपचार तथा राहत वितरणका लागि यही चैत १२ गते सो कोष स्थापना गरेसँगै सार्वजनिक तथा निजी सङ्घसंस्था र व्यक्तिबाट रकम जम्मा हुने क्रम जारी रहेको छ।

पोखरा महानगरपालिका तथा रुपा गाउँपालिकाले समेत कोरोना रोकथामलाई लक्ष्य गरी कोष खडा गरेका छन्।
रासस

धेरै पढिएको