ताजा खबर
वीरगञ्जका संक्रमितसँगै तीन जिल्ला घुमेको थिए उदयपुरका संक्रमित
काठमाडौं । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमित जोगबनी नाका हुँदै नेपाल प्रवेश हुन् । उनीहरु यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानमा भेटिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा संक्रमित भेटिएका १२ जना भारतीयले आफूहरु मंसिर अन्तिम साता नै नेपाल प्रवेश गरेको प्रहरीलाई बताएका छन् । उनीहरु मोरङ, सुनसरी र सप्तरीका मस्जिदमा पुगेर उदयपुर प्रवेश गरेको पाइएपछि उनीहरु गएका मस्जिदलगायतका क्षेत्रमा प्रहरीले कन्ट्याक ट्रेसिङको तयारी गरिएको छ ।
संक्रमितसँगै भुल्केको मस्जिदमा १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । संक्रमितलाई भने विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ ।

