ताजा खबर

दोस्रो स्मृती दिवसमा सुशील कोइरालाको सम्झना

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको दोस्रो स्मृती दिवस सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघको आयोजना गरेको स्मृती दिवशमा कांग्रेस नेतहरुले कोइरालाका योगदानलाई सम्झिए।

कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशमान सिंह तथा अर्जुन नरसिंह केसिसहितका नेताहरुले आफ्नो धारणा राखेका थिए। उनीहरुले कोइरालाले देखाएको मार्गमा कांग्रेस हिंड्नुपर्नेमा जोड दिए।

कार्यक्रमको नेता अर्जुन नरसिंह केसिले आाफ्नो चरित्र विकास र चिन्तन विकास गर्ने हो भने अर्को चुनावमा कांग्रेस ठूलो पार्टी बन्ने बताए। उनले वाम गठबन्धनलाई तासको घरको संज्ञा दिए। केसीले वाम गठबन्धन लिभिङ टुगेदरमा बसेको पार्टी भएको बताउँदै बिहे भएको ९ महिनादेखि १० महिनामा आफैं छुट्टिने टप्पणी गरे।

अर्का नेता प्रकाशमान सिंहले व्यक्तिले हार्दा व्यक्तिले मात्र हार्ने नभई नेतृत्वलेनै हार्ने बताए। उनले बाम गठबन्धनको कुनै भर नभएकाले कांग्रेसलाई नेतृत्व सम्हाल्न तयार भएर बस्न आग्रह समेत गरे।

कांग्रेसका तत्कालीन सभापतिसमेत रहेका कोइरालाको २०७२ माघ २६ गते महाराजगञ्जस्थित निवासमा निधन भएको थियो।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्