ताजा खबर

कोरोना संक्रमणले दुई लाख ४८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३५ लाख ८८ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ४८ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ हजार ६ सय नाघेको छ ।

अहिलेसम्म अमेरिकामा ११ लाख ८९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । संक्रमणबाट इटलीमा २८ हजार ८ सय, बेलायतमा २८ हजार ४ सय, स्पेनमा २५ हजार २ सय, फ्रान्समा २४ हजार ८ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यसैगरी, भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार ६ सय ७० पुगेको छ भने १ हजार ३ सय ९५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या २० हजार १ सय ८६ पुगेको छ भने ४ सय ६२ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर ११ लाख ६१ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता