ताजा खबर
दिल्लीमा रक्सीमा विशेष कोरोना शुल्क, ७० प्रतिशत मूल्य बढ्दा पनि किन्नेको भीड
नयाँ दिल्ली । भारतको दिल्लीमा मदिराको मूल्य सत्तरी प्रतिशतले बढेको छ । मदिरा पसलहरुमा अस्वभाविक भीड बढ्न थालेपछि राज्य सरकारले रक्सीमा स्पेशल कोरोना शुल्क लगाएको हो ।
कोरोना भाइरसका कारण सरकारी खर्चमा वृद्धि भएकाले थप राजस्व जुटाउनका लागि यस्तो निर्णय गरिएको बताइएको छ । सोमवारदेखि लकडाउन केही खुकुलो पारिएपछि राजधानी दिल्लीका मदिरा पसलहरुमा अस्वभाविक भीड लागेको थियो ।
भीड बढेसँगै दिल्ली सरकारले गएरातिदेखि लागू हुने गरी मदिरामा सत्तरी प्रतिशत शूल्क थपेको हो । मदिराको बोतलमा देखिएको बजार मूल्य अनुसार ७० प्रतिशत थप गरी नयाँ मूल्य कामय गर्ने निर्णय दिल्ली सरकारले गरेको हो ।

