६ फाल्गुन २०८२, बुधबार
Follow Us

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७७, आईतवार १५:२८

काठमाडौं । कोभिड–१९ को संक्रमबाट दुई जनाको मृत्यु र संक्रमित हुनेको संख्या समेत बढेपछि सरकारले लकडाउन थप गरेको छ । कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार, आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

पछिल्लो समय लकडाउनमा झनै कडाई गरिदै आएको छ । एक स्थानीय तहदेखि अर्को स्थानीयमा जान रोक लकाइएकोमा गएको साता देखि एक जिल्लाबाट अर्को जिल्लामा जान समेत रोक लगाइएको छ ।

राजधानी उपत्यकामा समेत लकडाउन कडाइ गरिएको छ । प्रशासनले यसअगाडि जारी गरेको सवारी पास रद्ध गरिएको छ । संक्रमणबाट नेपालमा २९५ जना संक्रमित भएका छन् भने ३६ जना निको भएर घर फर्किएका छन् । शनिबार र आइतबार दुई जनाको मृत्यु नै भएको छ ।

धेरै पढिएको