१६ कार्तिक २०८२, आईतवार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठकले आज महाधिवेशनको मिति तय गर्ने

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०८२, आईतवार ०४:५६

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । पार्टीको महाधिवेशनको मितिको विषयमा पदाधिकारीहरुबीच नै विवाद देखिएपछि शुक्रबार बस्ने भनिएको बैठक सारेर आजलाई राखिएको हो ।

जेन-जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसले कसरी निकास निकाल्न सकिन्छ भनेर विचार बिमर्श गरिरहेको तर संस्थापन पक्ष र अर्को पक्षबीच सहमति नहुँदा महाधिवेशनको मितिको टुंगो लाग्न सकेको छैन ।

सभापति शेरवहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएपछि केन्द्रीय समिति बैठक बसेको त छ तर निर्णयहरु गर्न सकिरहेको छैन।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्धारित मिति अर्थात यही मंसिरमा नियमित महाधिवेशन गर्ने गरी दवाव दिइरहेका छन भने उनीहरुकै नेतृत्वमा विशेष महाधिवेशनको माग गर्दै ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइसकेका छन ।

नियमित महाधिवेशनमा नगए विशेष महाधिवेशन गराउने दवावस्वरुप भेला आव्हान पनि गरिएको थियो। तर संस्थापन पक्षले निर्वाचनपछि मात्र महाधिवेशन गर्ने भन्दै राखेको अडानले पार्टीको आन्तरिक विवाद बढेको छ।

नियमिति वा विशेष महाधिवेशन भन्ने विषयलाई आजको बैठकले टुंगो लगाउन नसके यो विषय थप पेचिलो बन्दै जाने काँग्रेसका नेता कार्यकर्ताहरुको बुझाइ छ ।

धेरै पढिएको