ताजा खबर

संसद् विघटनविरुद्ध परेको रिटको प्रधानन्यायाधीशको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा संसद विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा सुनुवाइका लागि पेसी तोकेका हुन्।

विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ थान रिट निवेदन दायार भएका छन्। नेकपाका सांसदहरूले दिएको निवेदनसहित सबै रिटमा एकैपटक सुनुवाइ हुँदै छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसहितका सांसदहरू मंगलबार सर्वोच्च पुगेर रिट दिएका थिए।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता