ताजा खबर

एक महिनापछि कोरोना संक्रमणदर घट्दै जान्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अबको एक महिनापछि कोरोना संक्रमणदर घट्दै जाने अनुमान गरिएको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३ सय जनामा संक्रमण देखिएको बताउँदै चार हप्ता (एक महिना) पछि यो दर घट्ने बताए । निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृत नियन्त्रणमा नआएको मन्त्री त्रिपाठीको भनाइ छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा १ लाख १५ हजार ५ सय ४७ सक्रिय संक्रमित रहेका छन् । १ हजार ७ सय २१ जना आइसियूमा उपचाररत रहेकोमा ४ सय २४ जना भेन्टिलेटरमा छन् ।

मन्त्री त्रिपाठीले हालसम्म ४५ अस्पतालसँग कोरोना उपचारका लागि सम्झौता गरिसकेको जानकारी दिँदै ती अस्पतालमा निःशुल्क उपचार भइरहेको बताए ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता