३० चैत्र २०८२, सोमबार
Follow Us

सभामुखको निर्वाचन २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता हुने

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०८२, बुधबार १०:४८

काठमाडौँ । प्रतिनिधि सभाको सभामुख निर्वाचन यही चैत २२ गते हुने भएको छ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको प्रक्रिया तय गरेको छ। सहभागी एक नेताले जानकारी दिएको अनुसार, मनोनयन दर्ताको समय २० गते निर्धारण गरिएको छ।

संसद् बैठक प्रारम्भ भएसँगै सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने रास्वपाका एक पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार सभामुखमा उपसभापति डोल प्रसाद (डीपी) अर्यालको नाम करिब करिब टुङ्गो लागिसकेको छ । राजनीतिक सुझबुझ, समन्वयकारी भूमिका र संवैधानिक प्रक्रिया बुझेको अनुभवी व्यक्ति भएकाले अर्यालको विकल्प नभएको ती पदाधिकारीले तर्क गरे ।

उपसभामुख कुन दललाई दिने भन्ने विषयमा छलफल नभएको उनले स्पष्ट पारे । संसदको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनमा सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुख फरक लिङ्ग र दलबाट हुनुपर्ने व्यवस्था छ ।

संसदको अघिल्लो कार्यकालमा पार्टी नेतृत्वको प्रतिरक्षा गरेको, निर्वाचन गराउन सकारात्मक भूमिका खेलेको, एजेण्डाको हिसाबले पनि नजिक रहेको दल नेकपा रहेकाले सोही दललाई उपसभामुख पद दिन रास्वपाको कतिपय नेता सकारात्मक देखिएका छन् । नेकपालाई उपसभामुख दिँदा संविधान संशोधनमा समन्वयकारी भूमिका खेल्न सहज हुने नेताहरूको बुझाइ छ ।

धेरै पढिएको