ताजा खबर

काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन

काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।

जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकको निर्णयअनुसार आजबाट सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका हुन् ।

उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ। २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायातका साधन सञ्चालन हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कलिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन्।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको थियो। आजदेखिसबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता