एमालेमा सबै पदाधिकारी पुनर्वहाली हुने
काठमाडौं । नेकपा एमालेको विवाद मिल्ने भएको छ । पार्टीलाई २०७५ जेठ २ गतेमा फर्काउन माधव नेपाल पक्षले राखेको मा सम्बोधन हुने भएपछि विवाद मिल्ने स्थिति देखिएको हो ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा एमाले छ ।
सर्वोच्च अदालतले आयोजक कमिटीको कारवाहीलाई मान्यता दिएको छैन । माधव नेपालले पक्षले पनि जेठ २ गतेको स्थितिमा पार्टीलाई फर्काउन माग गरेको छ । यो सन्दर्भमा महाधिवेसन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः पुनर्वहाली हुने एमाले स्रोतले जनाएको छ ।
महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरूको बारेमा टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक आज साँझ बोलाइएको छ ।
एमालेका पदाधिकारी
अध्यक्षः केपी शर्मा ओली
बरिष्ठ नेताः झलनाथ खनाल
बरिष्ठ नेताः माधवकुमार नेपाल
उपाध्यक्षः वामदेव गौतम
उपाध्यक्षः भीम रावल
उपाध्यक्षः युवराज ज्ञवाली
उपाध्यक्षः अष्टलक्ष्मी शाक्य
महासचिवः ईश्वर पोखरेल
उपमहासचिवः बिष्णु पौडेल
उपमहासचिवः घनश्याम भुसाल
सचिवः प्रदीप ज्ञवाली
सचिवः पृथ्वीसुब्बा गुरुङ
सचिव– भीम आचार्य
सचिव– गोकर्ण विष्ट
सचिव– योगेश भट्टराई
स्थायी कमिटी सदस्य
सुवास नेम्वाङ
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
सत्यनारायण मण्डल
छबिलाल विश्वकर्मा
किरण गुरुङ
जेठ २ पछि थपिएका
रघुवीर महासेठ
बिष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
माओवादीबाट समाहित भएका
रामवहादुर थापा बादल
टोपबहादुर रायमाझी
लेखराज भट्ट
मणि थापा
पदेन सदस्य
अमृत बोहोरा
डा पुष्प कडेल
केशव बडाल

