ओली शीतल निवासमा, माधव समूह कोटेश्वरमा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका हुन्।
अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल जारी रहेको शीतल निवास स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली करिब ६ बजेतिर शीतल निवास पुगेका थिए।
पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सुझाव लिन शितल निवास पुगेको स्रोतले जनाएको छ।
यता, नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदवारमा सुरु भएको छ । माधव पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै कार्यदलको बैठक सुरु भएको हो ।
बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । सो छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।
दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो ।

