१ फाल्गुन २०८२, शुक्रबार
Follow Us

१७ वर्ष बेलायत बसेर फर्केका रहमान बंगलादेशको प्रधानमन्त्री बन्ने निश्चित

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०८२, शुक्रबार ००:२४

बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५ सिट जितेको हो।

पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ। दुई क्षेत्रमा चुनाव लडेका रहमानले पनि दुवै सिट जितेका छन्।

उनी बेलायतका १७ वर्ष निर्वासित जीवन बिताएपछि गत डिसेम्बरमा मात्र देश फर्किएका थिए।

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ४५ सिट मात्र जितेको छ। जमात प्रमुख सफिकुर रहमानले ढाका-१५ मा विजय हासिल गरेका छन्।

अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तिन सिट जितेका छन्।

धेरै पढिएको