१८ कार्तिक २०८२, मंगलवार
Follow Us

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखमा नियुक्त

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०७८, मंगलवार १३:३०

काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउँदै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाख २० गते गण्डकी प्रदेश प्रमुख शेरचनलाई हटाएर सीता पौडेललाई पठाएको थियो । लुम्बिनी प्रदेश प्रमुख यादव भने २०७६ कात्तिक १८ गते प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो ।

नवनियुक्त प्रदेश प्रमुख शेरचन माओवादी पृष्ठभूमिका रहनुभएको छ । नेपाली कांग्रेसका नेता गुरुङ २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको सूचीमा रहनुभएको थियो । दुवै चितवन निवासी हुनुहुन्छ ।

धेरै पढिएको