१८ कार्तिक २०८२, मंगलवार
Follow Us

रेमिट्यान्स बैंकमा राख्नेलाई नयाँ अफर

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७८, शुक्रबार १२:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने उल्लेख छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था रहेको उल्लेख छ । बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्त संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

मूल्यवृद्धिदर ६ दशमलव ५ प्रतिशत कायम राख्ने लक्ष्य
चालु आर्थिक वर्षमा राष्ट्र बैंकले मूल्यवृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य तय गरेको छ । स्वदेश र विदेशमा मूल्यवृद्धिमा दवाव परिरहेको परिदृष्यलाई मध्यनजर गर्दै यस वर्ष मूल्यवृद्धिको लक्ष्य वृद्धि गरेको हो । गत जेठ १५ गते मुलुकको आर्थिक नीति सार्वजनिक भएको थियो । मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आए पनि यसपटक सरकार परिवर्तनलगायतका कारणले केही समय ढिला हुन पुगेको हो ।

धेरै पढिएको