१८ कार्तिक २०८२, मंगलवार
Follow Us

कांग्रेस महाधिवेशनलगत्तै देउवाले संसद् विघटन गर्छन्

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७८, शुक्रबार १२:४३

काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस महाधिवेशनलगत्तै प्रतिनिधिसभा विघटन गर्ने दाबी गरे । त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु वैशाखसम्मको मात्र भएको दाबी गर्दै धेरै दिन नटिक्ने बताए । गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको सूचना आफूसँग रहेको उल्लेख गरे । संघदेखि प्रदेशसम्मको सरकार परिवर्तनले अहिलेको संरचना नै अस्थिर भएको देखिएकाले प्रदेश नै भंग हुने अवस्थाको बहस भइरहेको त्रिपाठीको भनाइ छ ।

 

धेरै पढिएको