ताजा खबर

लन्डनमा अनशनरत भूपू गोरखा सैनिकप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन

काठमाडौं । गत जुलाई २१ तारिखदेखि भूतपूर्व गोरखा सैनिकहरुले मध्य लन्डनमा रिले भोक हडताल गर्दै आएका उनीहरुले अगस्ट ७ देखि आमरण अनशन सुरु गरेका छन् ।

बेलायतमा भइरहेको अनशनप्रति समर्थन गर्दै नेपालमा पनि भूपू गोरखाहरुले प्रदर्शन गरेका छन् । लन्डनमा अनशनरत भूपू गोरखा सैनिकप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुले आज काठमाडौंका बबरमहलमा प्रदर्शन गरेका हुन् ।

नेपाल सरकारले ब्रिटिस सरकारसमक्ष ब्रिटिस गोरखा सैनिकका लागि कुनै पहल नगरेको गुनासो उनीहरुले गरेका छन् । आफूहरुविरुद्ध भेदभाव गरिएको भन्दै उनीहरुले लन्डनस्थित ब्रिटिस प्रधानमन्त्रीको कार्यालय नजिकै अनशन बसिरहेको बताइएको छ ।

सन् १९९७ भन्दा पहिला ब्रिटिस सेनाबाट सेवानिवृत्त गोरखा सैनिकहरुले पेन्सनलगायत विषयमा आफूहरुलाई भेदभाव गरिरहेको बताउँदै आएका छन् । तर, ब्रिटिस सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता