१३ असार २०८१, बुधबार
Follow Us

१,२६८ संक्रमित थपिए, ९ काे मृत्यु

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७८, शनिबार ११:३६

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार २६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ६ हजार ७५३ आरटी पिसिआर र ३ हजार १२२ एन्टिजेन गरी कुल ९ हजार ८७५ जनामा परीक्षण गरिएकोमा १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३१ हजार ८२६ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २९ हजार ६५८ जना होम आइसोलेसनमा, २ हजार १६८ संस्थागत आइसोलेसनमा र २७४ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५५४ जना र भेन्टिलेटरमा १७२ जना उपचाररत छन् । मन्त्रालयका अनुसार शनिबार देशभरबाट २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।