१६ असार २०८१, शनिबार
Follow Us

एमसीसीका कतिपय बुँदा परिमार्जन गर्नुपर्छ : उपाध्यक्ष रावल

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७८, बुधबार ०६:५६

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिमार्जनसहित पास गर्नुपर्ने बताएका छन्।

आज (बुधबार) एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताका बुँदामा कुन-कुन प्रावधान गलत रहेको छ भन्ने विषयमा स्पष्ट पार्न खोजेका छन्।

उनले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए। रावलले केही प्रावधान र सम्झौता राष्ट्रिय हित विपरीत रहेकाले परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले अरु देश जस्तै अमेरिकासँग पनि राम्रो सम्बन्ध राख्न चाहेको बताए। विगतमा अमेरिकाबाट आएका सहयोगमा प्रश्न नउठेको धारणा राख्दै उनले एमसीसी सम्झौताका केही बुँदा राष्ट्रहित विपरीत रहेकाले प्रश्न चिन्ह उठेको स्पष्ट पारे।

उपाध्यक्ष रावलले एमसीसीमा नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्झौतामा तेस्रो पक्षको पनि अनुमति लिनुपर्ने प्रावधान गलत रहेको बताए। एमालेलाई विभाजन स्वीकार्य नभएको बताउँदै उनले अहिलेको आवश्यकता एमाले एकजुट हुनुपर्नेमा जोड दिए।