काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको विधान पारित गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्नेगरी पार्टीको विधान पारित गरेको हो ।
बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरिएको हो । आयोगलाई पार्टीको स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।
माओवादीले फेरि सर्वदलीय बैठक बसेर वा छुट्टाछुट्टै बैठक बसेर भए पनि संसद राम्रोसँग चलाउनु पर्नेमा जोड दिएको छ ।