१४ असार २०८१, बिहीबार
Follow Us

पत्रकार महासंघ यूरोप शाखाको अध्यक्षमा केजीन राई सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०८१, बुधबार २०:३०


उपाध्यक्षमा राजकुमार थापा सहित ५ जना

लण्डन । नेपाल पत्रकार महासंघ यूरोप शाखाको अध्यक्ष केजीन राई सर्वसम्मत भएका छन् ।

शाखाको बुधवार सम्पन्न पाँचौ महाधिवेशनको बन्दसत्रले राईलाई आगामी ३ वर्षको लागि सो जिम्मेवारी सुम्पेको हो ।

शाखाको उपाध्यक्षमा राज कुमार थापा, द्रोण रिजाल, दिल निसानी मगर, प्रेम पमु र बासु सत्याल चयन भए ।

यस्तै, महासचिवमा शेर बहादुर परियार, उपमहासचिवमा कलस खरेल, भरत प्रधान र अमिस तमाङ, सचिवमा रमेशराज बास्तोला, दिनेश गौतम सर्वसम्मत भए ।

यस्तै, शाखाको कोषाध्यक्षमा इन्दिरा चाम्लिङ सहित २५ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत भएको छ। त्यसैगरी सदस्यहरुमा भोला लामिछाने(स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली(स्पेन), किशोर सुब्बा(पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड),दिपक भण्डारी (पोर्चुगल),बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल),जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले(माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी),बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी)
माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल), अमृता राई (रोमानिया), मनि तमु रहेका छन् ।

यसअघि शाखाको सो महाधिवेशमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेश चौतारी नेपालकी उपाध्यक्ष देविका घर्ती, प्रेश सेन्टरका अध्यक्ष विष्णु सापकोटा (जुगल), समाजबादी प्रेश संगठनका अध्यक्ष विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्षद्धय चिरन शर्मा, नरेश खपांगी मगर, प्रवासी नेपाली मंच युरोपका संयोजक मुक्त गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । सो महाधिवेशनले १० बुँदे घोषणा पत्र समेत पारित गरेको छ ।

घोषणापत्रको पूर्णपाठ

नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले पारित गरेका प्रस्तावहरू

१) युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ ।

२) प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ।

३) युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।

४) श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ ।

५) सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ ।

६) पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ।

७)नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ।

८)सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ ।

९)युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ।

१०)यस अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल,प्रेस सेन्टर केन्द्रीय अध्यक्ष विष्णु जुगल सापकोटा,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष देविका घर्तीलगायत सबै अतिथिहरूलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ।