२३ बैशाख २०८१, आईतवार
Follow Us

आजदेखि मुलुकभर निरन्तर एघार दिनसम्म खोप अभियान सुरु

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७८, सोमबार ०६:४६

काठमाडौं । आजदेखि मुलुकभर निरन्तर एघार दिनसम्म कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने व्यवस्था गरेको हो ।

अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकालाई भेरोसेल खोप दिइने भएको छ । चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउन थालिएको छ । साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइने भएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोभिडविरूद्ध खोप दिइने भएको छ । काठमाडौंमा भने भेरोसेल खोपको दोस्रो मात्रा आज देखि लगाउन सुरु गरिएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप वितरण थालिएको हो । तीन दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।