१ श्रावण २०८२, बिहीबार
Follow Us

१३ लाई कारबाही, एक लाख १० हजार जरिवाना

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७८, मंगलवार १४:१५

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्व नजिकिएसँगै बजार अनुगमनमा तीव्रता दिएको छ । कालोबजारी गर्ने, मूल्य सूचि नराख्ने, गुणस्तरहीन सामान विक्रिवितरण गर्ने, उत्पादन मिति नभएको, पसल सञ्चालन गर्न अनुमति प्राप्त नभएको लगायत कैफियत देखिएका १३ व्यवसायीलाई कारबाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत विभिन्न सरोकारवाला निकायहरूबाट मंगलवार काठमाडौँ जिल्लाका विभिन्न स्थानहरूमा खाद्यान्न, लत्ता कपडा, तरकारी लगायतका कुल २५ वटा पसलहरूमा गरिएको बजार अनुगमनमा १३ वटा पसललाई एक लाख १० हजार जरिवाना गरिएको र केही पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन दिनुका साथै केहीलाई आवश्यक स्पष्टीकरण माग गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

जिल्ला प्रशासन काठमाडौँले दैनिक पाँचवटा टोली बनाएर दैनिक अनुगमन गर्दै आएको छ ।

धेरै पढिएको