काठमाडौं । नेपालमा गत २४ घण्टामा १०४३ जना कोभिड १९ संक्रमित थपिएका छन् । गत २४ घण्टामा १५ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा १०४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । २४ घण्टामा ८९१ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।