२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी, परराष्ट्रको निर्देशन अवज्ञा

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७८, बुधबार १८:१९

“म्याद थपिन्न निर्वाचन हुन्छ’ – डा. शर्मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोवर २० तारिख हुने निर्वाचनको लागि मतदाता नामावली निर्वाचन समिति समक्ष पेश गरेको छ ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार संघले यसअघि सार्वजनिक गरेको प्रराम्भिक नामावलीलाई अन्तिम टुंग्गो लगाएर बुधवार निर्वाचन समितिलाई बुझाएको हो ।

यसअघि परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनौटमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन सम्बन्धी प्रक्रिया स्थगन गर्न मन्त्रालयले संघलाई निर्देशन दिएको थियो तर संघले निर्वाचन प्रकृयलाई अघि बढाउदै आएको छ ।

मतदाता नामावली प्राप्त गरे पछि समितिले निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार निर्वाचन प्रकृया अघि बढे पनि तोकिएको मितिमा भने निर्वाचन हुन् सक्ने सम्भवना न्यून रहेको छ ।

यसअघि निर्वाचन समितिले एक सार्वजनिक सूचना जारी गर्दै फेस भेरिफिकेशनको लागि आग्रह गरेको थियो ।

अनलाइन मार्फत हुने संघको निर्वाचनमा करिव ३६ सय मतदाताहरुले मतदान गर्ने भएका छन् ।

६ महिना म्याद छलफल पनि भएको छैन् : महासचिव डा शर्मा

‘परराष्ट्र मन्त्रालयले निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढाउन अनुमति नदिए पनि निर्वाचनको प्रकृया अघि बढि सके पछि म्याद थपको विषयमा छलफलनै गर्न आश्यक नभएको’ संघका महासचिव डा. हेम राज शर्माले बताए ।

‘हामी निर्वाचनको पक्षमा छौं जति सक्दो चाडो निर्वाचन होस् भन्ने हाम्रो चाहना छ, म्याद थपिन्न निर्वाचन हुन्छ’ डा. शर्माले भने ।

उनले भने ‘परराष्ट्र मन्त्रालयसंग सधैं संघको निर्वाचन रोक्ने अधिकार छैन् संघले आन्तरिक विवाद आफैं सल्टाएर निर्वाचन प्रकृया अघि बढाउछ ।’

संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र पूर्वउपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।