६ जेष्ठ २०८१, आईतवार
Follow Us

आज मन्त्रिपरिषद विस्तार हुन सकेन

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७८, बिहीबार १२:४८

काठमाडौँ । शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धन दलबीच सहमति भएको छ । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको दलबीच शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको हो । गठबन्धनको आन्तरिक तयारी नपुगेको भन्दै आज गर्ने भनिएको मन्त्रिपरिषद् बैठक भोलि शुक्रबार विस्तार गर्ने सहमति भएको हो ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । राष्ट्रिय जनमोर्चा सरकार बाहिर बसेर गठबन्धनलाई सहयोग गर्ने बताइसकेको छ । सत्ता गठबन्धनबीच मन्त्रालयको विषयमा टुङ्गो लागि सकेको छ । तर, आन्तरिक केही कुराहरु मिलाउन बाँकी भएको भन्दै बिहीबार शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

क तयारी नपुगेको भन्दै आज गर्ने भनिएको मन्त्रिपरिषद् बैठक भोलि शुक्रबार विस्तार गर्ने सहमति भएको हो ।