२० बैशाख २०८१, बिहीबार
Follow Us

अटो चालकले फिर्ता गरे भेटिएका आठ लाख बराबरका गहना

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०७८, आईतवार १५:५६

उदयपुर । उदयपुरको कटारी नगरपालिका- ४ कटारी बजारका एक अटो चालकले आफ्नो अटोमा छुटेको आठ लाख रुपैयाँ बराबरको गरगहना फिर्ता गरेर उदाहरणीय काम गरेका छन् । अटोमा चढेका यात्रुले आठ लाख रुपैयाँ बराबरका गरगहना र लत्ता कपडा आफ्नो अटोमा छुटेको पाएपछि उनले उक्त सामान सम्बन्धितलाई बुझाएका हुन् ।

उदयपुरगढी गाउँपालिका- ६ दनुवारबेँसीकी मेनुका राईका सामान कटारी नगरपालिका- ४ सिम्लेका खड्गबहादुर तामाङको स१ह १२३१ नम्बरको अटोमा छुटेका थिए । यात्रु ओसारपसारमा व्यस्त रहने ५५ वर्षीय तामाङले त्यस दिनको आफ्नो सबै काम सकेर फर्किए । उनले अटो पछाडि हेर्दा सुनको गरगहना भएको महत्त्वपूर्ण सामान र लत्ता कपडाले भरिएको झोला भेट्टाए । उनले सुरुमा कस्को हो भन्ने कुनै पहिचान गर्न सकेनन् ।

धेरै सोच्दा पनि सामान कसको हो भनेर पहिचान गर्न नसकेका उनले अर्को दिन काम छाडेर सामान धनीको पहिचानमा जुटे । धेरै सोचेपछि उनले सामान धनीको पहिचान गरे ।सामान धनीको पहिचान गरी तामाङले इलाका प्रहरी कार्यालय कटारीको रोहवरमा धनीलाई सामान बुझाएको बताए ।