२५ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा छुरा प्रहार गरि सांसदको हत्या

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७८, शुक्रबार १७:५३

लण्डन । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ ।
साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।

एसेक्सको साउथेन्ड वेस्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।

सांसदको हत्याको आशंकामा २५ वर्षिय एक व्यक्ति पक्राउ परेका छन् । हत्याराले सांसद डेभिडमाथि पटक पटक छुरा प्रहार गरेको पोष्टमाटमले देखिएको छ ।
६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन् ।