लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित भएका छन्।
मंगलवार भेरो अनलाइन प्रविधिमार्फत भएको निर्वाचनमा ओलीले ६९५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ओम अधिकारीले ६५५ मत ल्याए।
यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा प्रकाश सापकोटा ७५२ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी शिव थापाले ५९८ मत पाए।
खुला उपाध्यक्षतर्फ अविशेक बोगटीले ७८१ र बल बहादुर क्षेत्रीले ७५२ मत प्राप्त गरी विजयी भए।
अन्य उपाध्यक्षतर्फ भावदेश थापा मगरले ६१२ मत र दीपक आचार्यले ५५३ मत ल्याए।
महासचिवमा प्रविन बरालले ७२१ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी सन्तोष शर्माले ६२९ मत पाए।
सचिवमा विकास पण्डित ६९१ मतसहित विजयी भए भने विजयकुमार बुढाथोकीले ६५९ मत ल्याए।
कोषाध्यक्ष पदमा अमृत कुमार तामाङले ६९८ मत प्राप्त गरी जितेका छन्। उनका प्रतिस्पर्धी सम्राट प्रसाईले ६५२ मत ल्याए।
सहकोषाध्यक्षमा राजेन्द्र न्यौपानेले ७३५ मत प्राप्त गरेर विजयी भए भने तिर्थराज कोइरालाले ६१५ मत पाए।
युवाउपसंयोजक पदमा उज्ज्वल खड्काले ७३५ मत ल्याएर जित हासिल गरे। उनका प्रतिद्वन्द्वी निसान शर्माले ६९७ मत प्राप्त गरे।
कार्यसमिति सदस्यतर्फ ज्यस्ना अधिकारी, मन कुमार राई, रेजिन कार्की, सतीश पराजुली र विवेक रिमाल विजयी भए।
अष्ट्रेलियामा आधारित भेरो प्रविधिमार्फत सम्पन्न निर्वाचनको नतिजा निर्वाचन आयुक्त शुक्रराज न्यौपानेले सार्वजनिक गरेका थिए। यसअघि अधिवेशनलाई संघका केन्द्रीय उपाध्यक्ष डा. हेम राज शर्मा र सचिव भिमकमल केसीले सम्बोधन गरेका थिए।