२५ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायती सांसद हत्याः आतंककारी घटना

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७८, शनिबार ०८:४१

लण्डन। बेलायतमा एक सांसदको हत्या भएको छ । पूर्वी इंगल्याण्डमा सांसद डेभिड एम्सको छुरा प्रहारबाट हत्या भएको हो ।

वेलफेयर मेथोडिस्ट चर्चमा स्थानीयहरुसँग छलफलमा रहेको बेला उनीमाथि छुरा प्रहार भएको थियो । कन्जरभेटिभ सांसद डेभिड एम्स हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार आफ्ना मतदातासँग नियमित अन्तर्क्रिया गर्दथे । सोही अन्तर्क्रियाको क्रममा रहेका बेला उनीमाथि योजनाबद्ध आक्रमण भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

सरकारले यो घटनालाई ‘आतंककारी’को संज्ञा दिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आतंकवादविरुद्ध एकजुट हुनुपर्ने बेला आएको बताउँदै हत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

बेलायतमा सन् २०१६ मा पनि लेबर पार्टीका एक सांसद जो कोक्सको गोली हानेर हत्या गरिएको थियो ।