१ श्रावण २०८२, बिहीबार
Follow Us

माओवादी केन्द्रले थाल्यो राष्ट्रिय सम्मेलनको तयारी

नेपालब्रिटेन संवाददाता
१ कार्तिक २०७८, सोमबार १०:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल सुरु गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलनको तयारीका साथै प्रदेश सम्मेलन, स्थानीय सम्मेलन लगाएका बिषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

पुसमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले बैठकमा पार्टी संगठन सुदृढीकरणलगायतका विषयमा समेत छलफल भएको उनले बताए । मंगलबार पुन बैठक बस्ने र आवश्यक निर्णय गरिने महराले जानकारी दिए । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।

धेरै पढिएको