२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए निर्वाचन गर्न ६ महिना नर्कुन परराष्ट्रमन्त्रीको सुझाव

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७८, शनिबार ०४:३२

लण्डन । परराष्ट्रमन्त्री डा नारायण खड्कालले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तरराष्ट्रिय महाधिवेशन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।

मन्त्री खड्काले १० औं अन्तरराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे भेट्न गएका संघका प्रतिनिधिसंगको छलफलमा सबै पक्षलाई समेटेर छतिसक्दो छिटो निर्वाचनमा जान सुझाव दिएका हुन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष भवन भट्ट र जीवा लामिछाने लगायतको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री खड्कासंग छलफल गरेको थियो ।

एनआरएनए उच्चश्रोतका अनुसार मन्त्री खड्काले संघको महाधिवेशनमा कुनै प्रकारको हस्तक्षेप गर्ने योजना नभएको बताएका थिए । उनले आगामी महाधिवेशनमा मन्त्रालयको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने विश्वास दिलाएका थिए ।

छलफलमा संघका अध्यक्ष कुमार पन्तले नोवेम्बर ३० तारिखभित्र संघको निर्वाचन गर्ने वातावरण बनाउनको लागि मन्त्रीलाई आग्रह गरेका थिए । मन्त्रालयले अध्यक्ष पन्त सहित पूर्वअध्यक्षहरुलाई छलफलको लागि बोलाएको थियो । सो छलफलमा काठमाण्डौंमै रहेका अर्का पूर्वअध्यक्ष शेष घले अनुपस्थित थिए ।