१५ बैशाख २०८१, शनिबार
Follow Us

थप ६६६ जना संक्रमित, ११ जनाको मृत्‍यु

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७८, मंगलवार १०:५१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएको मन्त्रालयले जनाएको छ ।