काठमाडौं । पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा देशभर गरिएको ७१६७ पीसीआर परीक्षणमा ५८२ र २३२८ एन्टीजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।