२० बैशाख २०८१, बिहीबार
Follow Us

शेष घलेलाई मर्यादामा रहन एनआरएनए अध्यक्ष पन्तको चेतावनी

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७८, शनिबार ११:३२

लण्डन। गैरआवासीय नेपालीलाई अन्याय गर्ने परराष्ट्र मन्त्रालय एनआरएनए माँझ नरहेको अध्यक्ष कुमार पन्तले बताएका छन् । परराष्ट्र मन्त्रालयले हालै जारी गरेको पत्रबारे जानकारी दिने उद्देश्यले शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले भने, मन्त्रालयसँग पटक पटक छलफल गरेर निर्वाचन गर्न अनुरोध गरेको तर मन्त्रालयले नियतवस कार्यकाल सक्ने गरी समय गुजारेको छ । उनले तोकिएकै समयमा एनआरएनएको निर्वाचन हुने स्पष्ट पारे ।

अध्यक्ष पन्तले संघको विधान विपरित प्रमुख संरक्षक शेष घलेले कार्यसमितिको सम्पूर्ण अधिकार माग गरेपछि संघका अझ संकट भएको बताए । उनले संरक्षक परिषदको मागलाई गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको बैठकले अस्वीकार गरेको बताउँदै संघको विवाद सुल्झाउन संघको नेतृत्व सक्षम रहेको बताए ।

पन्तले सबै भावनाको प्रतिनिधित्व गर्ने उद्देश्यले गत विषेश महाधिवेशनमा सबै पक्षको सहमतिको दस्ताबेज प्रस्तुत गरिएको बताए ।

उनले संघको विषेश महाधिवेशनको म्यानडेट अनुरुप विधान अनुरुप सबै राष्ट्रिय समन्वय समितिहरुको निर्वाचन सम्पन्न गरेर प्रतिनिधि चयन भएको बताए । उनले गैरआवासीय नेपाली संघलाई असफल गराउने उदेश्यका पछि केही राष्ट्रिय समितिहरु अरुको उस्कावटमा लागेको दावी गरे ।

पन्तले गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले संघको विवाद मिलाउन कुनै चासो नदेखाएको बताए । उनले घलेसंग पटक पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएर संस्थालाई अनिर्णयको बन्दी बनाएको बताए । उनले प्रमुख संरक्षक पूर्वअध्यक्षसंग छलफलमा समेत बस्न नचाहेकोले भित्र ठूलो सांठगाठ भएको पुष्टि भएको बताए ।

पन्तले परराष्ट्र मन्त्रालयले पार्टीको भातृसंस्थाको जस्तो प्रवृति देखिएको दावी गरे । मन्त्रालयले अन्यायपूर्ण तरिकाले काम गरेको बताए । उनले मन्त्रालयले तोकेको उम्मेदवारले नजिते सम्म चुनाव हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाए ।

उनले संघका संरक्षकहरु गैरआवासीय नेपाली संघलाई फुटाउन लागेको बताए । उनले कुनै अमुक उम्मेदवारको पक्षमा लागेका संरक्षक परिषदका सदस्यहरुले सबै सदस्यहरुलाई न्याय नदिने तर्क गरे । उनले परराष्ट्र मन्त्रलायप्रति गैरआवासीय नेपालीहरुको विश्वास नरहेकै कारणले अदालतको ढोका ढकढकाउन बाध्य पारिएको बताए ।

पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डिबि क्षेत्रीले आआफ्नो भनाई राखेका थिए ।