१८ बैशाख २०८१, मंगलवार
Follow Us

मंगलवारदेखि बेलायतमा मास्क अनिवार्य

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार १०:१०

लण्डन । बेलायतमा नयाँ ओमिक्रोन भेरियन्ट भेटिए पछि सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ ।

स्वास्थ्य मन्त्री सचिव साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गए पछि मंगलबारदेखि इंल्याण्डका पसल र सार्वजनिक यातायातमा जादा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् ।

यसअघि प्रधानमन्त्री बोरिस जोन्सन्ले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए ।

बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेहरूलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको छ । नयाँ कोरोना भाइरसको भेरियन्ट देखा परे पछि सरकारले अफ्रीकी मुलुकका केही देशबाट उडान रोक्ने निर्णय समेत गरेको छ ।