२३ बैशाख २०८१, आईतवार
Follow Us

निर्वाचन हुन्छ ढुक्क हुनुहोस् : कुमार पन्त, अध्यक्ष एनआरएनए

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७८, सोमबार ०४:११

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको निर्वाचन तोकिएकै समयमा हुने प्रष्ट पारेका छन् । पन्तले बेलायतबाट संचालित नेपाल ब्रिटेन डट लगायत १ दर्जन अनलाई प्रोटललाई संयुक्त रुपमा दिएको एक विशेष अन्तरवार्तामा आइतवार पाटन उच्च अदालतले दिएको आदेश पछि संघको निर्वाचनको बाटो खुलेको बताए । उनले मन्त्रालयले पटक पटकसंघलाई झुक्याएर निर्वाचन लम्बाइदिएको बताए । उनले मन्त्रालयले आफुले चाहेको व्यक्तिलाई नेतृत्वमा ल्याउन खोज्दा समस्या आएको बताए ।

उनले संघको निर्वाचनमा प्रतिनिधि विवादमा देखिएका समस्या निर्वाचन समिति मार्फत समाधान खोजिने बताए । उनले विधान बमोजिम आएका प्रतिनिधिहरुले महाधिवेशनमा भाग लिन पाउने बताए । पन्तले सदस्यबाट उठाएको शुल्क लिएर कुनै पनि राष्ट्रिय समिति भाग्न नसक्ने बताए । उनले निर्वाचनमा को आउछ वा आउदैन भन्ने आफ्नो सरोकारको विषय नभएको बताए । को निर्वाचन आउछ भन्ने विषय गौढ हो पन्तले भने ।

पन्तले गैरआवासीय नेपाली संघको संरक्षक परिषदको अवधारणानै गलत भएको तर्क गरे । शुरु देखिनै मैले संरक्षक परिषदको आवश्यकता छैन् भन्ने मान्यता राख्थे । एफएनसीसीआईमा समेत पूर्वअध्यक्षहरु राखेर संरक्षक परिषद बनाउदा समस्या आएको थियो । अहिले त एनआरएनएमा पनि देखियो पन्तले बताए । पन्तले निर्वाचनको विवादले संघले अघि सारेको १० अर्बको लगानीको परियोजनालाई समेत असर पारेको बताए । उनले सो परियोजनाको सम्पूर्ण काम सकिएको बताउँदै सबै पक्षलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।