काठमाण्डौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा उनले १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफ्नो उम्मेदवारीसँगै ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणापत्र पनि सार्वजनिक गरेका छन्।
उनले पार्टी पुनर्जागरण र रूपान्तरणका लागि आफूले उम्मेदवारी दिएको बताए।
शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागू गर्नुपर्ने उल्लेख गरे।