१६ जेष्ठ २०८१, बुधबार
Follow Us

कांग्रेस सभापति : देउवाकै अग्रता कायम , देउवा १५०६ , कोइराला ११७८

नेपालब्रिटेन डट कम्
२७ मंसिर २०७८, सोमबार २३:२३

कांग्रेस सभापति : देउवाकै अग्रता कायम , देउवा १५०६ , कोइराला ११७८
काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।

अहिलेसम्म ३ हजार १ सय ८१ मत गणना हुँदा देउवाले १५०६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११७८ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १७३ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १५ मत मात्र प्राप्त भएको छ