२२ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस निर्वाचन दोस्रो चरणमा, देउवा र कोइराला भिड्ने

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७८, मंगलवार ०३:१८

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।

अब गन्न ११६ मत मात्रै बाँकी छ तर देउवालाई बहुमतका लागि ११८ मत आवश्यक पर्ने भएपछि सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने निश्चित भएको हो ।

पछिल्लो परिणाम अनुसार ४५६३ मतगणना भएकामा देउवाले २१४२, कोइरालाले १७०८, सिंहले ३५५, निधिले २४५ र गुरुङले २० मत प्राप्त गरेका छन् ।

कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

अन्तिम नतिजाः

मतसंख्याः ४६८१
कल्याण गुरुङ – २०
प्रकाशमान सिहं – ३७१
विमलेन्द्र निधि – २४९
डा. शेखर कोइराला – १७२९
शेर बहादुर देउवा – २२५८

सभापति चयन दोश्रो चरणमा