२९ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस निर्वाचनः प्रकाशमान सिंहले देउवालाई सघाउने

नेपालब्रिटेन डट कम्
२८ मंसिर २०७८, मंगलवार ०५:३४

काठमाडौं । प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।

देउवासँगको भेटवार्तापछि सिंहले सो कुरा बताएका छन् । ‘अहिले दोस्रो राउण्ड चुनाव हुदा पार्टीलाई महाधिवेशन प्रतिनिधिको मत छ । त्यसलाई अघि बढाउने र पार्टीमा सुधार ल्याउन उहाँले कार्यशैली परिवर्तन गर्ने भएकाले समर्थन गर्ने भएका छौ’, सिंहको भनाइ छ ।