१० भाद्र २०८२, मंगलवार
Follow Us

एनआरएनएमा भागबण्डा नमान्ने रविना थापा समूहको घोषणा

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७८, बुधबार १७:०४


तत्काल चुनावको माग

लण्डन । एनआरएनएको निर्वाचन तोकिएको मितिमा गर्न अध्यक्षकी उम्मेदवार रबिना थापा प्यानलका महासचिवका प्रत्यासी विनय अधिकारीले जोडदार माग गरेका छन् । एनआरएनएको नयाँ नेतृत्वको लागि डिसेम्बर २६ र २७ मा निर्वाचनको मिति तोकिएको छ भने भोलि डिसेम्बर १६ तारिखदेखि उम्मेदवार मनोनयनको तालिका राखिएको छ ।

बिज्ञप्ति

आदरणीय गैरआवासीय नेपाली संघका अग्रज, अभियन्ता र साथीहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन विगत केही महिनादेखि अबरुद्ध भएको सर्वविदित नै छ ।

संघको महाधिवेशन प्रतिनिधि विवाद देखाएर संघको नेतृत्व चयन प्रकृयालाई लामो समयसम्म अन्योलमा राखिनु विदेशमा रहेका ७० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको भावना विपरीत हो ।

संघका महाधिवेशन प्रतिनिधिहरु छनोटको विषयमा समेत पाटन उच्च अदालतले निर्वाचनको बाटो खोलिदिएको दुई साता हुदाँसम्म संघको वर्तमान नेतृत्वले बिभिन्न वाहनामा निर्वाचन रोक्न खोज्नु निन्दनीय काम हो । संघको निर्वाचन समितिले समेत पटक पटक कार्यतालिका हेरफेरे गरी निर्वाचनको प्रकृयालाई फितलो बनाउदै आएको प्रति हामी घोरनिन्दा एवं भत्सर्ना गर्दछौं र , यसअघि निर्वाचन समितिद्धारा सार्वजनिक गरिएको तालिका बमोजिम भोलि (विहीवार)बाट उम्मेदवारको मनोनयन दर्ताको प्रकृया शुरु गर्न जोडदार माग गर्दछौं ।

संघको निर्वाचन तोकिएको मितिमा गराउन र यसका लागि सहयोग गर्न हुन पुर्वअध्यक्षहरु तथा अभियन्ताहरुलाई विशेष अनुरोध गर्दछौ । निर्वाचनबाट भाग्दै हिड्ने हो भने संघको १८ बर्ष गौरवमय इतिहास कालो दिनमा परिणत हुने र संस्थाको साख गुम्ने खतरा भएकाले यस तर्फ ध्यान दिन अग्रज एनआरएनए अभियन्ताहरुलाई विनम्र अनुरोध गर्दछौ ।

यस्तै, प्रतिनिधि विवाद देखाएर सहमितको नाममा अध्यारो कोठामा बसेर विधि विधान प्रकृया विपरीत हुने कुनै पनि भागबण्डा हामीलाई मान्य नहुने समेत स्पष्ट पार्न चाहन्छौ । वर्तमान समस्याको समाधान पाटन उच्च अदालतको भावना र संघको विधानभित्र रहेर खोज्न वर्तमान नेतृत्व समक्ष जोडदार माग गर्दछौं ।

साथै, विदेशमा रहनु भएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई निर्वाचनको तयारीका लागि जुट्न आग्रह गर्दछौं ।

विनय अधिकारी

महासचिव, प्रत्यासी

गैरआवासीय नेपाली संघ, १० औं महाधिवेशन

१५ डिसेम्बर २०२१

धेरै पढिएको