२३ बैशाख २०८१, आईतवार
Follow Us

बेलायतमा एकैदिनमा १ लाख कोरोना संक्रमित

नेपालब्रिटेन डट कम्
७ पुष २०७८, बुधबार १९:४८

लण्डन । बेलायतमा बुधवार सार्वजनिक गरिएको एक तथ्यांकले कोरोना संक्रमण महामारी शुरुवात पछिकै उच्च देखाएको छ ।

पछिल्लो सरकारी तथ्यांक अनुसार कोभिड १९ बाट संक्रमण हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोरोना संक्रमण भएको घोषणा गरिएको छ ।
ती मध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन् ।

बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार ८९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा बेलायतमा १४० जनाको कोरोनाका कारणले ज्यान गएको छ । ८ हजार भन्दा बढी कोरोना संक्रमणका कारणले अस्पताल भर्ना भएका छन् भने ती मध्ये ८४९ जनालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।