२३ बैशाख २०८१, आईतवार
Follow Us

हङकङमा तियानमेन प्रदर्शनको स्मरणमा बनाइएको दुई स्मारक हटाइयो

नेपालब्रिटेन संवाददाता
१० पुष २०७८, शनिबार ०४:५७

हङकङमा दुई अन्य विश्वविद्यालयबाट तियाननमेन नरसंहारको स्मरणमा बनाइएको स्मारकलाई हटाइएको छ । चाइनिज युनिभर्सिटी अफ हङकङमा रहेको लोकतन्त्रकी देवी र लिंगन विश्विद्यालयबाट एक स्मारक हटाइएको हो ।

एक दिन पहिला बुधबार युनिभर्सिटी अफ हङकङमा तियानानमेन नरसंहारको स्मरणमा राखिएको प्रचलित मूर्ति ‘पिलर अफ शेम’ हटाइएको थियो । यी मूर्ती सन् १९८९ मा लोकतन्त्र समर्थित विरोध प्रदर्शनका क्रममा मारिएका मानिसको संख्या धेरै देखाइएको थियो ।

चीनको राजधानी बेइजिङको तियानानमेन चोकमा १९८९ मा लोकतन्त्रका समर्थकले ठूलो प्रदर्शन गरेका थिए । चीन सरकारले उक्त विरोध प्रदर्शन रोक्नका लागि त्यहाँ उपस्थित प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।

हङकङ र चीनमा लोकतन्त्रको समर्थमा बेलाबेलामा प्रदर्शन हुँदै आएको छ तर चीनले यसलाई दबाउँदै आएको छ । मूर्तिहरु हटाउने कदम पनि यसकै एक हिस्साको रुपमा लिइएको बीबीसीले उल्लेख गरेको छ ।