२३ बैशाख २०८१, आईतवार
Follow Us

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकबाट चार प्रस्ताव पारित

नेपालब्रिटेन डट कम्
१० पुष २०७८, शनिबार ०८:४४

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चार प्रस्ताव पारित गरेको छ।

महामन्त्री गगन थापाका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संकल्प प्रस्ताव,धन्यवाद प्रस्ताव, राष्ट्रियसभा निर्वाचनसम्बन्धी प्रस्ताव र दल दर्तासम्बन्धी प्रस्ताव पारित गरेको हो।

१४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेपछि बसेको बैठकले चार प्रस्ताव पारित गरेको हो।