१५ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौंमा युवायुवती मृत फेला

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७८, शुक्रबार ०४:४९

खोटाङ । काठमाडौंमा दुई युवायुवती मृत फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक दुबैको शरीरमा चोट देखिएको छ । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ । राई र जिमीसँगै बस्न थालेको दुई-तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ ।