मुम्बइ । सलमान खान अभिनित फिल्म मातृभुमीलाई लिएर निकै चर्चा भइरहेको छ । तर पनि उनका प्रशंसकहरू उनको फिल्म ‘मातृभूमि’ सम्बन्धी जानकारीको व्यग्र प्रतीक्षामा रहेको छन्। तर, यससम्बन्धी पछिल्लो खबर निराशाजनक छ।
एनडीटीभीका अनुसार ‘मातृभूमि’ हाल सेन्सर बोर्डमा अड्किएको छ र बोर्डले यसको प्रदर्शन अनुमति पत्र दिन रोकेको छ।
चीनको असहमति पछि बिबादमा परे पछि भारतीय रक्षा मन्त्रालयको हस्तक्षेपका कारण निर्माताहरूले फिल्मको शीर्षक ‘ब्याटल अफ गलवान’ बाट परिवर्तन गरेर ‘मातृभूमि’ राखेका थिए ।
र, फिल्मबाट चीनसम्बन्धी सबै सन्दर्भहरू हटाएका थिए, यति गर्दा पनि फिल्मले अझै अनुमति पाएको छैन।