३० बैशाख २०८१, आईतवार
Follow Us

पूर्वसभासद थापाकाे निधन

नेपालब्रिटेन संवाददाता
१७ माघ २०७८, सोमबार ०३:१७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाकाे निधन भएकाे छ । अर्घाखाँची जिल्लाबाट पहिलाे संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।

केही समय अघि उनकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुन् ।